बिरोध थेग्न नसकेपछि नेकपाको संविधान संसोधन कार्यदल भंग « Khabarhub

बिरोध थेग्न नसकेपछि नेकपाको संविधान संसोधन कार्यदल भंग


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गठन नै नभएको भनेर दावी गर्दै आएको नेकपाले अन्ततः माधव कुमार नेपाल संयोजकत्वको कार्यदल भंग गरेको छ ।

नेकपाले गोप्य ढंगले बनाएको उक्त कार्यदलमा राखिएका सदस्यद्वय सुवास नेम्वाङ र खिमलाल देवकोटाले समेत अमुक व्यक्तिको अभिलासा पूरा गर्न संविधान संसोधन गर्ने कार्यदलमा नबस्ने बताएपछि नेकपा सो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिएका हुन् ।

‘चर्चामा आएको संविधान संशोधनको लागि गृहकार्य गर्न बनाइएको कार्यदल नरहेको, क्रियाशील नहुने जानकारी पनि गराउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।

बामदेव गौतमको इच्छा पूरा गर्ने प्रयत्नस्वरुप शनिवारको नेकपाको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएको थियो । तर जनस्तरबाट समेत यसको चौतर्फी विरोध भएपछि नेकपा निर्णय गरेको ४ दिनमै उक्त निर्णयबाट पछि हटेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १ : ४४ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज