जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ? : डा भट्टराई « Khabarhub

जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ? : डा भट्टराई


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् ।

आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड भएका छौं भन्दै प्रश्न गरे ।

‘सबैको सम्पत्ति छानवीन गरौं । म लागयत हामी सबैको । हिजो हामी साथीहरुले दिएको जडौरी लुगा र साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं । आज हामी कसरी सुटेड बुटेड भएका छौं कसरी चिल्ला कार चढेर हिँडेका छौं । कसरी महल भएका छन्’ डा भट्टराईले प्रश्न गरे ।
उनले केही दिनअघि प्रधानमन्त्रीको जन्मघरको तस्वीर देखेको र आफ्नो पनि त्यस्तै बुकुरो घर गोरखामा रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री ज्यू को अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरि, मेरो पनि त्यस्तै छ तर अलि राम्रो छ गोर्खामा । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’ उनले प्रश्न गरे ।

‘म अलिकति गणितमा चासो राख्न मान्छे पनि हो । अर्थमन्त्री पनि भइटोपलेको मान्छे’ संसदमा उनले भने,‘हाम्रो कमाइले लाख प्रयास गर्दा पनि, हाम्रो जुन दृश्य कमाइ छ तपाई हाम्रो जो सुकैको दृश्य कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन यसको छानवीन गरौं यसको निमित्त म सबैसँग आग्रह गर्छु ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  २ : ५५ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर