नेप्से ५१ अंकले बढ्यो « Khabarhub

नेप्से ५१ अंकले बढ्यो


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा कुल १ सय ८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ८६ प्रतिशतले बढ्दा नेप्सेमा उच्च वृद्धि हुन पुगेको हो ।

त्यस्तै, जीवन बीमा समूहको सुचक ६.१२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सुचक ४.६३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, होटल र म्युचुअल फण्डको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र नेपाल बैंक छन् । नेपाल लाइफको कारोबार झण्डै २२ करोड छ भने शिवमको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख रुपियाँको वृद्धि छ ।

अधिकांश कम्पनीका लगानीकर्ताले आकर्षक कमाई गर्दा रादि विद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा घाटा सहेका छन् । त्यस्तै, बोटलर्स नेपालको सेयर ४ सय रुपियाँले घटेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ५२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग