नेप्से ५१ अंकले बढ्यो | Khabarhub Khabarhub

नेप्से ५१ अंकले बढ्यो


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो । आज सेयर बजार परिसुचक ५०.९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा कुल १ सय ८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ८६ प्रतिशतले बढ्दा नेप्सेमा उच्च वृद्धि हुन पुगेको हो ।

त्यस्तै, जीवन बीमा समूहको सुचक ६.१२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सुचक ४.६३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, होटल र म्युचुअल फण्डको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र नेपाल बैंक छन् । नेपाल लाइफको कारोबार झण्डै २२ करोड छ भने शिवमको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख रुपियाँको वृद्धि छ ।

अधिकांश कम्पनीका लगानीकर्ताले आकर्षक कमाई गर्दा रादि विद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा घाटा सहेका छन् । त्यस्तै, बोटलर्स नेपालको सेयर ४ सय रुपियाँले घटेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ३ : ५२ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम