ओलीले सचिवालय बैठकमा भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु « Khabarhub

ओलीले सचिवालय बैठकमा भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् ।

बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् ।

पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोस पोखेका थिए ।

‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो ’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’

उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए ।

‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’

ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयको कार्यान्वयन माथि समेत शंसय पैदा भएको उनले बताए ।

पछिल्लो घटनाक्रमले सत्तारुढ दलको सचिवालयमा ध्रुवीकरण प्रस्ट रुपमा देखिएको छ ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधन कार्यदल बनाउने लगायतका विषयमा बाहिर ल्याएको भन्दै ओलीले बैठकमै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : १६ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा