ओलीले सचिवालय बैठकमा भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु | Khabarhub Khabarhub

ओलीले सचिवालय बैठकमा भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् ।

बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् ।

पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोस पोखेका थिए ।

‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो ’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’

उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए ।

‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’

ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयको कार्यान्वयन माथि समेत शंसय पैदा भएको उनले बताए ।

पछिल्लो घटनाक्रमले सत्तारुढ दलको सचिवालयमा ध्रुवीकरण प्रस्ट रुपमा देखिएको छ ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधन कार्यदल बनाउने लगायतका विषयमा बाहिर ल्याएको भन्दै ओलीले बैठकमै असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : १६ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको