सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध, हिमालयन शेर्पाका व्यवस्थापकलाई ३० हजार जरिवाना « Khabarhub

सरस्वतीका कप्तानलाई २ वर्ष प्रतिबन्ध, हिमालयन शेर्पाका व्यवस्थापकलाई ३० हजार जरिवाना


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

उनीहरुमाथि फिक्सिङमा संलग्न भएका कारण कारवाही गरिएको स्रोतको दाबी छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमावली विपरित कार्य गरेको भन्दै उनीमाथि एन्फाको अनुशासन समितीले २ वर्षको प्रतिबन्ध लगाएको हो ।

दिपेशले लिगको ५९ औं खेल अन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा प्रतियोगिता नियमावलीको दफा २१(७) विपरित कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, अनुशासन समितिले २ बर्षको प्रतिबन्धसहित ५० हजार जरिवाना समेत गरेको छ ।

एन्फाले दिपेशको नाममा पत्र लेख्दै प्रतिबन्ध र जरिवानाबारे जानकारी समेत गराएको छ ।

उक्त खेलमै नियमावली विपरित गरेको भन्दै एन्फाले हिमालयउन शेर्पाका टीम व्यवस्थापक तथा गोलकिपर प्रशिक्षकलाई समेत कारबाही गरेको छ ।

एन्फाको अनुशासन समितीले हिमालयन शेर्पाका टिम व्यवस्थापकले नियमावलि विपरित कार्य गरेको भन्दै दफा २१(७) अन्तरगत रहेर ३० हजार जरिवाना गरेको छ भने शेर्पाकै गोलकिपर प्रशिक्षकलाई भने कडा चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : २३ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ