‘पानी फोटो’ मा व्यस्त खगेन्द्र भन्छन् – म हराएको छैन, यतै छु « Khabarhub

‘पानी फोटो’ मा व्यस्त खगेन्द्र भन्छन् – म हराएको छैन, यतै छु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ मा शीर्ष भूमिका निभाएपछि अभिनेता खगेन्द्र लामिछानेको थप चर्चा भयो । यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए । यी निर्देशकले निर्देशन गरेको फिल्म ‘आमा’ यतिबेला प्रदर्शनरत छ ।

खगेन्द्र भने फिल्म ‘पानी फोटो’ को काममा व्यस्त छन् । यो फिल्मको छायांकन भदौमा थालिएको थियो । अहिले डबिङको काम चलिरहेको छ ।

काठमाडौं र स्याङ्जामा छायांकन गरिएको यो फिल्म खगेन्द्रले नै लेखेको नाटक ‘पानी फोटो’ मा आधारित छ । यो नाटक पुस्तकका रुपमा पनि प्रकाशित छ ।

रविन्द्र बज्राचार्य र रोजिना सिटौलाले निर्माण गरेको यो फिल्मलाई खगेन्द्र आफैले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म पनि हो ।

यतिबेला फिल्मकै कामका लागि खटेका खगेन्द्रले केही दिनमा फिल्मबारे जानकारी गराउने बताए । ‘तपाईं त हराउनुभयो नि,’ भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘हामी फिल्मकै काममा व्यस्त छौं, कसरी राम्रो फिल्म दिन सकिन्छ भनेर लागिपरेका छौं, यसपटक फिल्मको अलिक फरक तरिकाले प्रचार गर्ने योजनामा छौं ।’

उनले आफू नहराएको र फिल्मकै काममा लागेको पनि बताए । भने, ‘म हराएको छैन, यतै छु ।’

‘पानी फोटो’ नाटकलाई दर्शकले रुचाएका थिए । यो नाटकलाई फिल्मीकरण गर्न केही समय लागेको थियो । जनयुद्धको एक सानो कथा उठाएको यो फिल्ममा खगेन्द्रको पनि भूमिका रहनेछ भने अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ४९ बजे

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।