वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने प्रधानमन्त्री ओलीको चेतावनी « Khabarhub

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने प्रधानमन्त्री ओलीको चेतावनी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् ।

सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले आफूविरुद्ध ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताउँदै सचिवालयले गरेको वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय नमान्ने चेतावनी फोन गरेर बताएको एक जना सचिवालय सदस्यले खबरहबलाई जानकारी दिए ।

तर अर्का सचिवालय सदस्य झलनाथ खनालले भने अध्यक्ष ओलीको उपस्थितिमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय भएकोले उल्टिने सम्भावना नरहेको बताए ।

‘बैठकमा अध्यक्षपनि हुनुहुन्थ्यो र उपाध्यक्ष गौतमको नाममा कसैपनि असहति जनाएको छैन’ उनले भने ।

उनले सचिवालयले गरेको निर्णय उल्ट्याउने कुराको कल्पना गर्न नसकिने बताउँदै यदी त्यस्तो कुरा आएको छ भने त्यो गलत भएको बताए ।
‘सचिवालयले गरेको निर्णय उल्ट्याउने कुरा हुँदैन’ नेता खनालले भने,‘यदी त्यस्तो कुरा आएको छ भने त्यो राम्रो होइन ।’

ओलीको आक्रोश

पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोश पोखेका थिए ।

‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो ’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’

उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए ।

‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’

ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयमाथि समेत शंसय पैदा एक जना सचिवालय सदस्यले बताए ।

‘प्रधानमन्त्रीज्यू पछिल्लो निर्णयहरुलाई आफूलाई घेराबन्दीमा पारेको बुझाइमा हुनुहुन्छ’, उनले भने,‘संभवत आफ्नो इच्छा अनुसारको निर्णयका लागि उपयुक्त मौका र समयको पर्खाइमा हुनुहुन्छ, जुन केही समयभित्रै देखिएला ।’

यो पनि पढ्नुहोस्

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

ओलीले सचिवालय बैठकमा भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ५४ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता