भारतबाट भित्रिएका चार दर्जन मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

भारतबाट भित्रिएका चार दर्जन मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा लिइएको हो ।

मकवानपुर ट्राफिक प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका चार दर्जन ट्रक नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

भैरहवा नाकाबाट भित्रिएका केही ट्रकलाई ट्राफिक प्रहरीले १ हजार जरिवाना तिराएर नेपाल प्रवेशको अनुमति दिएको पाइएक पनि ती ट्रकलाई समेत नियन्त्रणमा लिइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । मापदण्ड भन्दा बढी भार बोकोका कारण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र व्यवसायीहरूले संयुक्त रूपमा गैरकानुनी रूपमा नेपाल भित्रिरहेको सवारीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो ।

भारतबाट भित्रने ट्रकहरूले विगतमा नेपालका भन्सारसम्म र नियमबमोजिम भन्सारदेखि १५ किलोमिटरसम्म मात्र सामान ल्याउने गरेको भएपनि पछिल्लो समय भारतीय ट्रकले नै नेपालमा निर्बाध रूपमा सामान बोकेर पुग्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले नेपाल–भारत पारवहन सम्झौताअनुसार टुक्र्याउन नमिल्ने र ओराल्दा बिग्रने मेसिनरी औजारबाहेक नेपालको भन्सार नाकाबाट १५ किलोमिटर भित्रसम्म पर्ने औद्योगिक कोरिडोरसम्म मात्रै मालबाहक सवारी आउन पाउने व्यवस्था रहेको बताए ।

यसअघि विराटनगर, वीरगन्ज नाकाबाट समेत भारतीय ट्रकहरू नेपाल प्रवेश गर्ने गरेकोमा हाल उक्त नाकामा कडाइ गरिएपछि भैरहवा नाकाबाट ट्रकहरु भित्रिने गरेका छन् ।

नियन्त्रणमा लिइएका भारतीय ट्रकहरूले नेपालको कानूनमा तोकिएभन्दा ५ देखि १० टनसम्म बढी भार बोकेको पाइएको छ ।

मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार नेपालमा गुड्ने मालबाहक सवारीले क्षमताअनुसार बढीमा २४ टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था रहेको छ । निर्देशिकाअनुसार तोकिएभन्दा बढी भार बोक्ने सवारीलाई जरिवानाका साथै बढी भएको सामान झारेर मात्र पठाउनुपर्ने हुन्छ ।

बढी भार बोकेर नेपाल छिरेका भारतीय ट्रकहरूका कारण नेपाली व्यवसायी मारमा परेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले बताए । उनले कानुनविपरित भित्रने भारतीय ट्रकलाई नाकामै रोक्नुपर्ने बताए ।

‘यातायात क्षेत्र नेपालीहरूको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो । भारतीय सवारीका कारण हामी लामो समयदेखि समस्या रहेका छौं । सवारीको बैंकमा किस्ता तिर्नसमेत समस्या परिरहेको छ’, श्रेष्ठले भने, ‘कानुन विपरित बढी भार बोकेर नेपाल छिर्ने भारतीय ट्रकका कारण सडक जीर्ण हुनुका साथै सवारी दुर्घटनासमेत बढिरहेको छ ।’

विभिन्न समयमा व्यवसायीहरूको विरोध पश्चात् विराटनगर र वीरगन्ज नाकामा कडाइ गरिए पछि अन्य नाकाबाट भने भारतीय ट्रकहरू भित्रिने गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : २५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका