नेपाली सेनाको १० प्रतिशत जनशक्ति शान्ति सेनामा खटाइने « Khabarhub

नेपाली सेनाको १० प्रतिशत जनशक्ति शान्ति सेनामा खटाइने


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा मन्त्रालयले नेपाली सेनाका १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिसनमा खटाउने तयारी गरिरहेको जनाएको छ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत नेपाली सेना खटाउने विषयमा कुरा भइरहेको जानकारी दिएका हुन् ।

उनले नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा पहुँच  तथा नातावादको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनोट कार्यविधि’ तयार गरिएको समेत जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानूनि सुधारतर्फ उल्लेख्य कामहरु गरेको बताए।

उनले राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधन गरिएको लागयतका नीतिगत सुधारका कामहरु गरेको जानकारी दिए ।

हाल संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।