परराष्ट्रविद् श्रेष्ठलगायत ६ जनालाई नइ पुरस्कार « Khabarhub

परराष्ट्रविद् श्रेष्ठलगायत ६ जनालाई नइ पुरस्कार


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नइ प्रकाशनले ६ जनालाई यस वर्षको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । दुवै पुरस्कारको राशि जनही साठी हजार रुपियाँ रहेको छ ।

काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग भएपनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने भएको छ ।

यी तीनै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । मिस मङ्गोल सिविरा लामालाई २५ हजार रुपैँया राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते नइ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना