वर्षाका कारण बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध « Khabarhub

वर्षाका कारण बर्दिवास–जलेश्वर सडकखण्ड अवरुद्ध


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- वर्षाका कारण पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडक खण्ड अवरुद्ध बनेको छ ।

जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो ।

सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो । हिलाम्य सडकमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन बस, जिप, टेम्पु र अन्य साधन चल्न सकेका छैनन् ।

दिनहुँ सयौं सवारी साधन चल्ने सडकमा यातायात ठप्प भएपछि जिल्लाको उत्तरीक्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर पुग्न जनकपुरधाम भएर घुमेर लामो बाटो जानु परेको छ । जिल्लाका अन्य ग्रामीण सडक पनि हिलाम्य भएका छन् ।

मङ्लबार परेको पानीले सम्सी, रामगोपालपुर, गौशाला, औरही, मटिहानी र मनराशिशवासहितका स्थानमा सञ्चालित इँटा उद्योगमा कच्चा इँटा गलेर लाखौंको नोक्सानी भएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ३९ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको