प्रहरी अस्पतालमा बिरामीलाई उत्कृष्ट सेवा दिनुस्ः महानिरीक्षक ज्ञवाली « Khabarhub

प्रहरी अस्पतालमा बिरामीलाई उत्कृष्ट सेवा दिनुस्ः महानिरीक्षक ज्ञवाली


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिएका छन् ।

उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिसको उनले निरीक्षण गरेका थिए ।

उनले मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभागलगायतको निरीक्षण गर्दै उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा समेत जानकारी लिएका थिए ।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने बिरामीका अपेक्षा पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रित हुनुपर्ने बताए ।

नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर लाग्न उनले अनुरोध गरे ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै विशिष्ट योगदान गर्न उनले आग्रह गरे ।

प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको बोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताए ।

कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवा, चुनौती, योजना, पूर्वाधार विकासलगायतका विषयमा जानकारी दिएकी थिइन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : १७ बजे

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक

सोमालियाको गृहयुद्ध र भूमिगत यौन व्यापार

सोमालियामा भएको गृह युद्धका कारण धेरैको जीवनमा खतरा आएको छ।

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

कास्की – पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट

एक महिनासम्म चल्ने रमजान आजदेखि

विराटनगर – ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज सुरु हुँदैछ

प्रभु साहको आम जनता पार्टीसँग माओवादी समाजवादीको एकीकरण हुने

काठमाडौँ – प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल