सुन गायव पार्ने रसुवाको टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश « Khabarhub

सुन गायव पार्ने रसुवाको टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न सिफारिश


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ ।

रसुवाको केरुङबाट भित्रिएको तस्करीको ४२२ ग्राम सुन समातेर आफैंले लुकाएको अभियोगमा प्रहरी निरीक्षक नेपाल सहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई  सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीहरुमाथि प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो ।

छानविन गर्दा दोषी देखिएपछि उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो । ११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनुपर्नेमा इन्सपेक्टर नेपालसहितको टोलीले बाँडीचुँडी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् ।

यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : १० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन