शरीरको अंगमा भएको कोठीले निर्धारण गर्छ भाग्य « Khabarhub

शरीरको अंगमा भएको कोठीले निर्धारण गर्छ भाग्य


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो महत्व हुन्छ । उनिहरुका अनुसार शरीरको जुन भागमा रातो कोठी हुन्छ त्यो शुभ फलदायक हुन्छ ।

तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अशुभ दुबै फल दिने गर्दछ । घाटि आसपासमा पलाउने मासु (मुसा)को पनि कोठी झै महत्व हुने गर्दछ । शरीरको कुन अंगमा आउने कोठीको असर कस्तो ?

१. निधारको मध्य भागमा कोठी

हस्तरेखा ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ति निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यि ब्यक्तिलाई सफलता प्राप्त हुन्छ ।

२. ओठमा कोठी

जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ति ब्यक्तिको जीवनसाथीसंगको संम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसंग मतभेद हुने गर्दछ ।

३. टाउकोमा कोठी

जुन ब्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ति ब्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरुले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।

४. छातीको बायाँतर्फ

जुन मानिसको छातिको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ति ब्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुदैन । यस्ता ब्यक्ति कामुक तथा मुटुरोगका बिरामी हुने संभावना हुन्छ ।

५. तल्लो ओठमा कोठी

जुन ब्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ति ब्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता ब्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।

६. हत्केलामा कोठी

हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरु जीवनमा अपार सफलता प्राप्त गर्ने सार्मथ्य राख्दछन् । यिनिहरु आत्मविश्वासी हुन्छन् ।

७. औलामा हुने कोठी

हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने ब्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जती नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुदैन ।

८. पेटमा कोठी

जुन ब्यक्तिको पेटमा कोठी हुन्छ ति व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ति ब्यक्तिमा पेटको रोग हुने संभावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको संभावना रहन्छ ।

९. घाटिमा कोठी

जुन मानिसको घाटिमा कोठी हुन्छ त्यस्ता ब्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २८ बजे

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट