पायल्सका बिरामीले भुलेर पनि खानु हुदैन यी ६ चिज « Khabarhub

पायल्सका बिरामीले भुलेर पनि खानु हुदैन यी ६ चिज


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसहरु पायल्सबाट पीडित छन् । तर पायल्स भएकाहरुले आफ्नो समस्यालाई खुलेर अरुलाई भन्न सक्दैनन् ।

विशेष खानपान र जीवनशैलीका कारण हुने मानिसहरु पायल्सको समस्या भोग्न बाध्य छन् । कसरी कम गर्न सकिन्छ पायल्स र यसबाट बच्ने उपाय के हो ?

१. मसलेदार खाना नखाने

अत्यधिक तेल वा मसला भएको खाना खानु हुदैन । यो पायल्सका बिरामीलाई सबैभन्दा ठुलो समस्या निम्त्याउने कारण हो । पहिल्यैदेखि पायल्सको समस्या हुनेहरुलाई यस्ता खानाले समस्या झन् बढाउछ । साथै खुर्सानी पनि खानु हुदैन ।

२. फास्टफूड नखाने

पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुड खानबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो बरु फलफुल, बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खाउ यसले समस्या कम गर्छ ।

३. राजमा र मुसुरोको दाल नखाने

राजमा वा मुसुरोको दाल पायल्सबाट पीडित मानिसले खानुहुँदैंन । राजमा वा मुसुरो दालले पायल्स रोगीलाई नराम्रो असर पार्दछ ।

४. घिउ

पायल्स रोगीले घिउ खानु हुदैन । यसले झन् समस्या बढाउने गर्दछ । तर सन्तुलित मात्रामा घरमै बनेको घिउ थोरै सेवन गर्दा केहि असर भने पार्दैन ।

५. चिसो कोल्ड ड्रिंक्स

पायल्सका बिरामीले चिसो कोल्ड ड्रिंक्स खानु हुदैन । यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज समेत सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

६. मांसाहारी भोजन

पायल्सका बिरामीले सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । पायल्स भएमा माछामासुलाई छुदै नछुनु नै उत्तम हुन्छ । अन्यथा यसले झन् पिरोल्ने गर्दछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ३६ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई