विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या हुन नदिइने « Khabarhub

विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या हुन नदिइने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विभिन्न मुलुकमा रहेका नेपालीलाई खान बस्न समस्या नहुने गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विभिन्न मुलुकका नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाका बारेमा जानकारी लिदै सम्बन्धित मुलुकका राजदूतलाई निर्देशन दिएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत विभिन्न पाँच देशका राजदूतसँग नेपाली श्रमिकको अवस्थाबारेमा जानकारी लिदै खान बस्नको समस्या हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्रीद्वयले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिएका थिए ।

नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत देशमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएसँग नेपालीहरु श्रमिकहरु रोजगारी गुमेर कोठामै बसिरहेको बताइरहँदा सरकारले उनिहरुप्रति चासो देखाएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ०६ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर