रियलका अर्का पूर्व अध्यक्ष कोरोना संक्रमणपछि अस्पताल भर्ना | Khabarhub Khabarhub

रियलका अर्का पूर्व अध्यक्ष कोरोना संक्रमणपछि अस्पताल भर्ना


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –रियल मड्रिडका पूर्व अध्यक्ष फर्नान्डो मार्टिन कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । मार्टिन स्पेनको मड्रिडस्थित प्योर्टा डि हिरेरो अस्पतालमा भर्ना भएको स्पेनिस खेलकुद अनलाइन मार्काले जनाएको छ ।

मार्टिनले २००६ मा रियल मड्रिडको अन्तरिम अध्यक्ष भएर काम गरेका थिए । केही दिन अगाडिमात्रै रियलका अर्का पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

मार्टिन २००६ मा फ्लोरेन्टीनो परेजको कार्यकाल सकिएदेखि रामोन काल्डेरन अध्यक्षमा निर्वाचित नभएसम्मका लागि झण्डै २ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए ।

कोरोना भाइरस दिन प्रतितदिन महामारीको रुप लिँदै गएको छ । अहिलेसम्म विश्वभर १६ हजारभन्दा बढीमानिसहरुले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ५७ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन