ग्यास अभाव हुन नदिन आधा सिलिण्डर मात्रै बजारमा पठाउने तयारी « Khabarhub

ग्यास अभाव हुन नदिन आधा सिलिण्डर मात्रै बजारमा पठाउने तयारी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्यास अभाव हुन नदिन सरकारले आधार सिलिण्डर मात्र ग्यास बजारमा पठाउने तयारी गरेको छ ।

भारतले समेत लकडाउन गरेपछि आयातमा असर परेको ठहर गरेको सरकारले  नेपाल आयल निगमलाई सोही अनुरुपको तयारी गर्न निर्देशन दिएको बुझिएको छ ।

सरकारले त्यस्तो निर्देशन दिएलगत्तै नेपाल आयल निगमले पनि उद्योगहरुलाई हाल बजारमा गइरहेको १४.२ केजीको परिमाणको साटो ७.१ केजीको परिमाणमा मात्र ग्यास रिफिल गर्न आग्रह गरेको ग्यास उद्योगीहरुले बताएका छन् ।

आयल निगमले बुधबार राति यस्तो निर्देशन दिएपछि उद्योगीहरु त्यसैको तयारीमा लागेको ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

यसअघि २०७२  सालमा भारतले नाकाबन्दी लगाउँदा पनि बिषम परिस्थिती आएपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ५३ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण