गगन थापा कमजोर टिमका राम्रा स्टाइकरजस्तै हुन्: दीपकराज गिरी « Khabarhub

गगन थापा कमजोर टिमका राम्रा स्टाइकरजस्तै हुन्: दीपकराज गिरी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको त्रासका कारण नेपालमा एकसाता लामो लकडाउन भइरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जिम्मेवारीमाथि प्रश्न उठाउँदै कतिपयले सामाजिक सञ्जालमा ढकालको राजीनामा माग गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि राम्रो भिजन नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकालको सट्टा गगन थापा हुनुपर्ने तर्क राखेका छन् । कतिले त प्रधानमन्त्रीलाई आग्रह गर्दै गगन थापालाई स्वास्थ्यमन्त्री बनाउन समेत सुझाव दिएका छन् ।

कोरोना भाइरसको त्रास फैलिइरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल त्यति जिम्मेवार नदेखिएको भन्दै विरोध हुन थालेको छ ।

सामाजिक सञ्जालमा विकल्पका रुपमा गगन थापालाई उभ्याइरहेका बेला कलाकार दीपकराज गिरीले भने गगनलाई कमजोर फुटबल टिमका राम्रा स्टाइकर भनेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले लेखेका छन्, ‘केही साथीहरु गगन थापालाई मन्त्री बनाउनुपर्छ भन्दै हुनुहुन्छ, गगन जी अहिलेको अवस्थामा कमजोर फुटबल टिमका राम्रा स्टाइकर जस्तै हुन् ।’

उनले राजनीतिलाई फुटबलसँग जोड्दै अगाडि लेखेका छन्, ‘विश्वकप हुँदै स्टाइकर राम्रो हुँदैमा खेल्न पाउँदैन, टिम नै छानिनुपर्छ ।’

उनले प्रतिपक्षमा रहेको प्रमुख दल नेपाली कांग्रेसलाई कमजोर रहेको बताएका छन् । ‘आपत छ भन्दैमा फ्रान्सको टिममा मेस्सीले खेल्छ ?,’ उनले भनेका छन् ।

दीपकराज गिरी यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । फुर्सदको समयमा उनले सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : २८ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र