विदेशबाट फर्किएकालाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह « Khabarhub

विदेशबाट फर्किएकालाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची सङ्कलन गर्दै नजिकको स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा. शिशीर देबकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहले विदेशबाट फर्केकाको पहिचान गरी अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले फलेबास सहित कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा विदेशबाट आएकाको पहिचान गरिरहेको जनाएको छ । सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि विवरण सङकलन गर्ने काम भइहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । फोन नम्बर सहितको विबरण सङ्कलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उनले बताइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै