गरिब र मजदुरका लागि भारतद्वारा १ लाख ७० हजार करोड भारुको सहायता प्याकेज घोषणा « Khabarhub

गरिब र मजदुरका लागि भारतद्वारा १ लाख ७० हजार करोड भारुको सहायता प्याकेज घोषणा


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिदा सबैभन्दा जोखिममा रहेका गरिब तथा ज्याला मजदुरलाई मध्यनजर गर्दै १ लाख ७० हजार करोड भारतीय रुपैयाँको सहायता प्याकेज सार्वजनिक गरेकी छिन् ।

खासगरी आप्रवासी कामदार र दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई लक्षित गरी यो प्याकेज ल्याइएको सीतारमणको भनाइ छ ।

प्रकोपको समयमा कोही पनि भोकै नबसुन् भन्नाका लागि यस्तो प्याकेज ल्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्याकेजअन्तर्गत प्रधानमन्त्री गरिब अन्न योजना मार्फत् भारतका ८० करोड भन्दा धेरै गरिबहरु समेटिने छन् ।

यसबाट हरेकलाई तीन महिनासम्म ५ किलो थप पिठो वा चामल उपलब्ध गराइने छ भने एक किलो दाल पनि दिइनेछ ।

यसका लागि ४५ हजार करोड भारतीय रुपैयाँ छुट्याइएको जनाइएको छ ।

त्यसबोहक सीतारमणको योजनाअनुसार अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीका साथै सबै स्वास्थ्य कर्मचारीलाई तीन महिनाको अवधिमा ५० लाख रुपैयाँ बराबरको बीमा कार्यक्रम पनि ल्याइएको छ ।

त्यस्तै, किसानहरुलाई भारतको किसान सम्मान निधि नामक योजना अनुसार अप्रिल महिनाको पहिलो सातासम्म २ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ ।

सीतारमणको प्याकेजअनुसार ग्रामिण क्षेत्रमा कार्यरत कामदारलाई थप २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

हाल १ अर्ब ३० करोड भन्दा धेरै जनसंख्या रहेको भारतमा कोरोना भाइरसको प्रकोपका कारण लकडाउन गरिएको छ ।

लकडाउनसँगै त्यहाँका गरिब एवं दैनिक ज्याला मजदुरी गर्ने श्रमिकको अवस्था दयनीय हुन नदिनका लागि यस्तो प्याकेज घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा हालसम्म ६६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने अरु १३ जना यसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया