भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट « Khabarhub

भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राखिएको विषयलाई लिएर बैतडीमा एकजना स्वास्थ्यकर्मीमाथि निर्धात कुटपिट भएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका ७ जनाको विषयलाई लिएर स्वास्थ्यकर्मी करनसिंध धामीमाथि निर्घात कुटपिट भएको हो ।

पुर्चौंडी नगरपालिकाले हालै भारतबाट फर्किएका युवाहरुलाई वडा नम्बर ५ मा क्वारेन्टाइन बनाएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका ७ जनामध्येका एक युवा सुनिल जागरीका बुवा नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट गरेका हुन् ।

गाजरीले स्वास्थ्यकर्मी धामीमाथि चिर्पटले प्रहार गर्दै उनको औंला समेत चपाइ दिएका छन् ।

कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याइएको पुर्चौंडी नगरपालिकाका रण बहादुर कुँवरले जानकारी दिए ।

‘हाम्रो मान्छेलाई किन क्वारेन्टाइनमा राखेको भन्दै नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्,’ मेयर कुँवरले खबरहबसँग भने, ‘हातपात गर्दा हाम्रा स्वास्थ्यकर्मी घाइते हुनुभएको छ । घाइतेलाई अहिले उपचारका लागि लगिएको छ ।’

मेयर वमका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जागरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ०० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते