सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द « Khabarhub

सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् ।

सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो ।

पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताए ।

साथै राजविराज बजारसहित अधिकांश पसल बन्द भएका कारण ग्राहकसम्म पत्रिका पुर्‍याउन समस्यासमेत भइरहेको भन्दै पत्रिका प्रकाशन बन्द गरिएको हो ।

जिल्लाबाट सञ्चालित अनलाइन भने निर्वाध सञ्चालन हुने गरेको पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ११ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय