भारतको लकडाउनका कारण नेपालमा औषधि र उपभोग्य वस्तुको आयातमा असर « Khabarhub

भारतको लकडाउनका कारण नेपालमा औषधि र उपभोग्य वस्तुको आयातमा असर


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले जारी गरेको ३ साता लामो लकडाउनका लागि नेपालमा आवश्यक पर्ने उपभोग्य बस्तुको आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै भारत सरकारले मंगलबारदेखि २१ दिन लामो लकडाउनको आदेश जारी गरेको थियो ।

नेपाल र भारत सरकारले अवलम्वन गरेका पूर्वसतर्कता र सुरक्षा उपायहरु (लकडाउन समेत)का कारण अत्यावश्यक औषधिदेखि उपभोग्य वस्तुको आपूर्तिमा असहजना उत्पन्न भएको उद्योग मन्त्रालयले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै आपूर्ति व्यवस्थामा सहजता प्रदानका लागि भारत सरकारसँग कूटनीतिक च्यानलमार्फत वार्ता गरिदिन पनि आग्रह गरेको छ ।

‘नेपालको करिब दुईतिहाई व्यापार भारतसँग हुने गरेकोमा वर्तमान परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई नियमित बनाउन स्वाभाविक रुपमा भारत र तेस्रो मुलुकबाट ट्रान्जिट हुँदै आउने वस्तुको पारवाहन शुचारु हुन आवश्यक छ, जसको लागि भारत सरकारको विशेष सहयोग जरुरी छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यस्तो विशेष परिस्थितिमा मानव स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी भारत र तेस्रो मुलुकबाट भारत ट्रान्जिट हुँदै आउने वस्तुको पारवाहन शुचारु राखी दैनिक उपभोग्य खाद्यान्न वस्तु, औषधि र औषधिजन्य सामग्रीको आपूर्ति व्यवस्थालाई शुचारु र सहज बनाउन आवश्यक सहयोगको लागि तहाँमार्फत भारत सरकारको सम्बन्धित निकायमा पत्राचार गरिदिन नेपाल सरकार सचिवस्तरको मिति २०७६/१२/१३ को निर्णयानुसार अनुरोध छ ।’

बिहीबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले भारतले घोषणा गरेको लकडाउनका कारण औषधी तथा उपभोग्य वस्तुको आयतमा असहजता उत्पन्न भएको भन्दै परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ३९ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण