डोटीका नौ स्थानीय तहमा १२ क्वारेन्टाइन स्थापना | Khabarhub Khabarhub

डोटीका नौ स्थानीय तहमा १२ क्वारेन्टाइन स्थापना


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जिल्लाका नौवटै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना गरिएको छ ।

जिल्लाका १२ ठाउँमा क्वारेन्टाइन स्थापना गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।

यहाँका स्थानीय तहका जनप्रतिनिधिले आआफ्नो स्थानीय तहमा क्वारेन्टाइनसहितको हेल्थ डेस्क स्थापना गर्न थालेका छन् ।

दिपायल सिलगढी, शिखर नगरपालिका, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल तथा केआइसिंह गाउँपालिकामा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

उनले भने, “जिल्लाका सबै स्थानीय तहमा भारतमा काम गरेर फर्किनेहरु बढी भएकाले उनीहरुलाइ मध्यनजर गर्दै सबै स्थानीय तहमा स्वास्थ्यकर्मीसहितको क्वारेन्टाइन र आइसोलेशन कक्ष स्थापना भएका छन्, भारतबाट आएका सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ ।”

पछिल्लो समय गाउँघरमा भएका विद्यालय तथा केही सहकारी र संस्थाका कार्यालय बन्द भएकाले तिनमा स्वास्थ्यकर्मी र शय्यासहितको क्वारेन्टाइन राख्न थालिएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्लाका दुई गाउँपालिकाले विपद् व्यवस्थापन कोषसमेत स्थापना गरिसकेका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकाले रु ५० लाख तथा पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाले रु ३० लाखको विपद् व्यवस्थापन कोष खडा गरेका छन् ।

उता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय नागरिकलाई आफैँ सुरक्षित हुन भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकमा डोटी बहुमुखी क्याम्पसमा आवश्यकतानुसार क्वारेन्टाइन र आइसोलेशन केन्द्र स्थापना गर्ने निर्णयसमेत भएको छ ।

जिल्लाका स्थानीय तहमा स्थापना गरिएका आइसोलेशन बेड र क्वारेन्टाइनको अवस्था तथा अन्य उपकरण भए नभएका बारेमा बुझ्न छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिने जिल्ला स्वास्थ्य व्यवस्थापन समिति डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए ।

त्यसैगरी जिल्लामा अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग वाणिज्य सङ्घ र डोटी चेम्बर अफ कमर्शलाई जिम्मेवारी तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेसँंगै जिल्लाका कलकारखाना, उद्योग, बजार पूर्ण रुपमा बन्द भएका छन् भने मानिसको आवतजावतमा पनि कमी आएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ३० बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी