कोरोनाको सन्त्रास : चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा सामूहिक पूजा नहुने « Khabarhub

कोरोनाको सन्त्रास : चैते दशैंमा बाग्लुङ कालिका मन्दिरमा सामूहिक पूजा नहुने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा रहेको खडग कालिका कोत मन्दिरमा यस वर्ष चैते दशैंमा सामुहिक पूजा अर्चना नहुने भएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै पूजा स्थगित गरिएको खडग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए ।

मन्दिरमा परापुर्वकाल देखि नै नियमित रुपमा बडा दशैं र चैते दशैंमा महाकाली, महालक्ष्मी, महासरस्वती, जगदम्बा भगवतीको पाठ पारायण सहित पशु बलि दिँदै आइएको थियो ।

तर यस वर्ष कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरे बमोजिम सामुहिक पूजा अर्चना र पशु बलि दिने काम स्थगित गरिएको खडग कालिका मन्दिर व्यवस्थापन समितिका सचिव तथा पण्डित रामचन्द्र गौतमले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ०० बजे

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा