भारतसँगको व्यापार सहजीकरणका लागि भिडियो कन्फरेन्समार्फत छलफल « Khabarhub

भारतसँगको व्यापार सहजीकरणका लागि भिडियो कन्फरेन्समार्फत छलफल


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतसँगको व्यापार सहजीकरणका लागि भिडियो कन्फरेन्समार्फत दुईपक्षीय छलफल भएको छ।

भन्सार विभागका महानिर्देशक र पटनाका भन्सार अधिकारीहरुबीच बिहीबार दिउँसो भिडियो कन्फरेन्समार्फत छलफल भएको हो।

पटना भन्सार आयुक्त रञ्जितकुमार, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव प्रभजितसिंह गुलाटी र विरगंजस्थित महावाणिज्यदूतावासका डा. क्वोत्रा स्वामीएमबीच भिडियो कन्फरेन्समार्फत छलफल हो ।

अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्थापनका विषयमा दुई निकायका अधिकारीहरुले छलफल गरेका हुन् ।

यसैगरी भारतमा लकडाउन भएपछि अवरुद्ध भएको नेपालको आयातलाई सहज बनाउन सहयोग गर्न पनि भन्सार विभागका महानिर्देशक सुमन दाहालले पटनाका अधिकारीहरुलाई आग्रह गरेका छन्।

छलफलमा नेपाली पक्षले भारत र तेस्रो मुलुकबाट आयातित वस्तुहरुको पारवहन प्रक्रिया सहज बनाइदिन आग्रह गरेको छ।

‘नेपालमा भन्सारमा स्वास्थ्य सुरक्षाका लागि अपनाइएका उपायहरु प्रति उनीहरुले खुशी व्यक्त गरे र नेपाल प्रवेश गर्न लागेका वस्तुको पारहवन पहिलो प्राथमिकता हुने बताएका छन्,’ महानिर्देशक दाहालले भने।

नेपाली पक्षले मास्क, स्यानिटाइजर र भेन्टिलेटर जस्ता वस्तुको निकासीलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ।

‘अहिले आयात रोकिए पनि बाटोमा रहेका वस्तु निकासीका लागि भने सहज व्यवस्पान गरिदिन उनीहरु सहमत भएका छन्,’ उनले भने।

उनीहरुले यसबारे आफ्ना माथिल्ला निकायसँग कुरा गरेर औषधिलगायतका अत्यावश्यक वस्तु नेपाल पठाउने बाटो खुला गर्ने बचन दिएका दाहालले जानकारी दिए।

यसैगरी भन्सार एजेन्टहरुका लागि पास उपलब्ध गराउन र व्यवसायका लागि भारत जानुपर्ने व्यवसायीका लागि पनि पास उपलब्ध गराइदिन भन्सार विभागले बिहार सरकारलाई आग्रह गरेको छ।

जवाफमा भारतीय पक्षले नेपाल भित्रिने अत्यावश्यक वस्तुको सहज निकासीमा सहयोग गर्ने र नेपालले भनेजस्तो भन्सार एजेन्ट र व्यवसायीलाई पास उपलब्ध गराइदिने बचन दिएको छ।

भारतीय पक्षले नेपालमा वनस्पतीको क्वारेन्टाइन वीरगञ्ज भन्सारबाट टाढा रहेकाले त्यसको व्यवस्था गर्न आग्रह गरेका छ्न्। नेपाली पक्षले यसको सहज व्यवस्थापनका लागि अन्य निकायसँग छलफल गर्ने बचन दिएको छ।

नेपालको मुख्य दुई व्यापारिक नाका वीरगञ्ज र विराटनगरमा बिहारबाट सामान आयात हुन्छ। विभागले पश्चिम बंगाल र उत्तर प्रदेशसँग पनि यस्तै छलफलको तयारी गरेको छ। यी ३ राज्यबाट सहज व्यापार भए नेपाल र भारतबीचको दुईपक्षीय व्यापार लगभग सबै समेटिने विश्वास गरिएको छ ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ९ : २४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष