लकडाउन उल्लंघन गर्ने खेलाडीलाई कारबाही गर्न एभर्टनको माग | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने खेलाडीलाई कारबाही गर्न एभर्टनको माग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङलिस प्रिमियर लिग क्लब एभर्टनका स्टाइकर मोइसा केनले कोरोना भाइरसविरुद्वको अभियानमा सरकारले लगाएको लकडाउन उल्लघन गरेका छन्।

मोइसाले सरकारको निर्देशन बेगर गई लकडाउनका क्रममा घरमा पाहुना बोलाइ पार्टी गरेको भन्दै क्लबले अनुशासन कारबाहीको माग गरेको हो।

कोरोना भाइरसका कारण सरकारले सामाजिक दूरी कायम गर्न भने पनि उनले उक्त निर्देशनको उल्लघन गरेको आरोप एभर्टनले लगाएको छ।

केन अघिल्लो वर्ष इटालियन क्लब युभेन्ट्सबाट २४ मिलियन पाउण्डमा एभर्टन आएका थिए।

कोरोना भाइरसको महाव्याधिको समयमा पहिलो टीमका खेलाडीले सरकारको निर्देशन र क्लबको नीति विपरित काम गरेको हुनाले उनलाई कारबाही गर्न अपिल गर्दछौं,´क्लबले विज्ञप्तिमा लेखेको छ,` क्लबले यसलाई गम्भीर रुपमा लिएको छ र ती सबै काम अस्विकारर्य भएकाले उनी विरुद्ध कदम चाल्न आाग्रह गरिन्छ।´

एभर्टनले आफुले खेलाडी तथा अफिसियल सबैलाई सरकारको निर्देशनको पालना गर्न अाग्रह गरेपनि केही व्यक्तिले त्यसलाई अवेज्ञा गर्ने गरेको स्वीकारेको छ।

केन लकडाउन उल्लघन गर्ने पहिलो खेलाडी होइनन् यसअघि प्रिमियर लिग खेलाडी ज्याक ग्रेलिस र काइले वाल्केरले माफि मागिसकेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : १० बजे

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित