कोरोना संक्रमणका कारण बेलायतमा साहित्यकार शाहीको निधन « Khabarhub

कोरोना संक्रमणका कारण बेलायतमा साहित्यकार शाहीको निधन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण लण्डनमा निधन भएको छ ।

कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको गत बुधबार दिउँसो निधन भएको हो ।

लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।

पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले कोरोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मुक्त भएको बताइएको छ ।

साहित्य सृजनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक गतिविधिमा सक्रिय थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा