मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ « Khabarhub

मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिए ।

उनका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ ।

समातिएका उनीहरुलाई रीतपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इप्रका बाह्रबिसेको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : २६ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना