अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने | Khabarhub Khabarhub

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

जुगलमा आवतजावतमा रोक

स्थानीय तहले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले आवागमन रोकेको छ । दैनिक ज्यालादरी मजदुरी गर्ने र काठमाडौँ उपत्यकामा अलपत्र परेका जुगलबासीको परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन भने गाउँपालिकाले पहल गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको सङ्कल्प प्रस्तावमा जस्लाई जहाँ समस्या परेको हो, त्यहाँ त्यहीरुपमा समाधान गर्ने जनाइएको छ ।

पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाडीमा कोचाकोच गरेर धमाधम मानिस ल्याउने प्रवृत्ति देखिएकाले आफूहरु कडाइ गर्न विवश भएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ०५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका