कोरोना भाइरसका कारण यार्सा टिप्न प्रतिबन्ध | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण यार्सा टिप्न प्रतिबन्ध


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् ।

जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गरिए पनि यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको सङ्क्रमण बढ्ने भएपछि स्थानीय तहहरुले यार्सागुम्बा टिप्न जानमा रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको तथा आम्दानीको रूपमा लिने यार्सागुम्बालाई यस वर्ष रोगको जोखिम भएपछि टिप्न जान रोक लगाएको हो ।

कतिपय स्थानीय तहका मानिस यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च गर्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने र आफूहरु घरमै बसेको साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताए । तीनदेखि चार हजारको उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि वैशाखदेखि असार अन्तिमसम्म बझाङ जिल्ला मात्र नभएर छिमेकी जिल्लाका समेत हजारौँ मानिस र्यासागुम्बा टिप्न आउने गरेकोसमेत बोहराले बताए ।

साथै अघिल्ला वर्षहरुमा घरपरिवारसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुने गरेका थिए भने तीन महिनासम्म जोखिमयात्रा गरेर टिपेको यार्सागुम्बा प्रतिकेजी ९–१० लाख रुपैयाँमा बेच्ने गरेको समेत बोहोराले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४३ बजे

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आइतबार बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको