वीरगन्जका २ पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो « Khabarhub

वीरगन्जका २ पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका २ पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोना संक्रमण देखिएका दुवै जना अहिले आइसोलेसनमा उपचाररत छन् । दुवै जनाको अवस्था सामान्य छ ।

वीरगन्जका २ जनामा कोरोना संक्रमण देखिएसँग नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । नेपालमा हालसम्म १२ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ४९ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक