वीरगन्ज महानगरपालिकाका सफाइ कर्मचारीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

वीरगन्ज महानगरपालिकाका सफाइ कर्मचारीमा कोरोना संक्रमण


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप २ जनामध्ये १ जना पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा थ्रोट स्वाब परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएका दुवै जना वीरगन्जकै स्थानीय हुन् । जसमध्येका १ जना पुरुष भने वीरगन्ज महानगरपालिकामा सफाइको काम गर्ने व्यक्ति हुन् ।

अर्का व्यक्ति भने वीरगन्जमा रहेको मस्जिद क्षेत्रका बासिन्दा हुन् ।

चिकित्सकहरुले उनीहरुमा स्थानीय स्तरमै कोरोना संक्रमण भएको बताएका छन् । अहिले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

संक्रमित दुवै जनाको अहिले नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । नारायणणी अस्पतालको आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

थपिएका २ जनासँगै नारायणी अस्पतालमा हाल ७ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जना निको भइसकेकाले उनीहरुलाई अस्पतालले आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको डा सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : १८ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा