भारतमा भेटियो नयाँ खालको सर्प « Khabarhub

भारतमा भेटियो नयाँ खालको सर्प


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन् ।

उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ‘ट्रिमूरसुरस सालाजार’ राखिएको छ ।

सो नाम विश्वचर्चित काल्पनिक उपन्यास ह्यारी पोटरमा उल्लेख भएको विद्यालयको स्लीथरीन नाम दिइएको सदनको संस्थापकको नामबाट राखिएको हो ।

ह्यारी पोटर उपन्यासमा सालाजर स्लीथरीन सर्पको भाषा बुझ्ने र कुरा गर्न सक्ने पात्रका रूपमा कल्पना गरिएको छ ।

भारतको अरुणाञ्चल प्रदेशमा सो नयाँ सर्प फेला परेको हो ।

सो प्रदेशमा ग्रीन पीट भाइपर जातका ५० भन्दा बढी प्रजातिका सर्पहरू पाइन्छ, तर त्यहाँ सर्पहरूका बारे धेरै अध्ययन नगरिएको बताइएको छ ।

सो सर्प न्याश्नल सेन्टर फर बायोलोजिकल साइन्स अफ बैङ्गलोरको जिसान मिर्जाको नेतृत्वमा रहेको टोलीले पत्ता लगाएको हो।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार