अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला « Khabarhub

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका ४ कोरियन र ३ नेपाली पदयात्रीमध्ये थप २ जनाको शव फेला परेको छ ।

पदयात्रा क्षेत्रअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाँउपालिका–११ स्थित ३ हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा फेला परेको हो । शनिबार साँझ फेला परेका शवलाई पोखरा ल्याउने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत शव ल्याउने तयारी गरिएको छ । हराएका तीन नेपालीमध्ये २ जनाको यसअघि नै शव फेला परेको थियो ।

सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४९ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक