१ हजार विदेशी पर्यटक घर फर्किने प्रतिक्षामा « Khabarhub

१ हजार विदेशी पर्यटक घर फर्किने प्रतिक्षामा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन यहाँस्थित दूतावास, पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् ।

नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने चाहनामा रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार छिमेकी मुलुक चीनसहित युरोपलगायत करिब ६० देशका एक हजार नागरिक घर फर्किने पहलमा रहेका छन् । कतिपय विदेशी नागरिक घर फर्किन पहल गरिदिन आग्रह गर्दै बोर्डलगायत संस्था धाइरहेका छन् । आजमात्रै १९ चिनियाँ नागरिक घर फर्किनका लागि पहल गरिदिन बोर्ड पुगेका थिए ।

त्यसो त लकडाउनकै अवधिमा विभिन्न मुलुकका चार हजार ५३२ विदेशी नागरिक घर फर्किसकेका छन् । यो चैत १० देखि वैशाख ८ गतेसम्म विदेशी घर फर्कनेको विवरण हो । उक्त अवधिमा ३४ अन्तर्राष्ट्रिय उडान भएका छन् । यीमध्ये केही मानव उद्धार तथा कार्गो उडान हुन् । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा जहाजमार्फत उद्धार गरी आफ्ना नागरिकलाई स्वदेश फर्काएका हुन् ।

लकडाउनका कारण नेपालका विभिन्न गन्तव्यमा रोकिएका विदेशीलाई काठमाडौंसम्म ल्याउन बोर्डले सहजीकरण गरिदिएको थियो । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायत मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर अचार्यका अनुसार सन् २०२० को मार्च महिनामा एक लाख १५ हजारको अन्तर्राष्ट्रिय आवागमन भएकामध्ये भारतीय नागरिकसहित ३५ हजार २३ विदेशी नागरिक नेपाल आएका थिए । यीमध्ये कतिपय विदेशी पहिला नै स्वदेश फर्किसकेका थिए भने । धेरै सङ्ख्याका विदेशी नेपालमा लकडाउन शुरु भएपछि घर फर्किन रोकिएका छन् ।

प्रमुख अध्यागमन अधिकृत आचार्यले मार्च महिना अर्थात लकडाउन शुरु हुनुभन्दा अघिको अवस्थामा आएका विदेशी नागरिकमध्ये कतिपय तीनदेखि पाँच दिनको अवधिम स्वदेश फर्किएको र बाँकी पदयात्रालगायत पर्यटन गतिविधिमा संलग्न तथा कूटनीतिक निकायमा आवद्ध विदेशी रहेकाले घर फर्किनेको सङ्ख्या त्यति धेरै नभएको बताए । नेपालमा झण्डै पाँच हजार विदेशी नागरिक विदेशी नियोगको कूटनीतिक कामका लागि नेपालमा रहेको बताइन्छ । बाँकी पर्यटक के कति छन् र उनीहरु कस्तो अवस्थामा रहेका छन् भनी नेपाल पर्यटन बोर्डले खोजी गरिरहेको छ ।

क्वारेन्टाइनमा छैनन् पर्यटक

कोभिड–१९ को महामारी विश्वव्यापीरूपमा फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि वैशाख १५ गतेसम्म देशभर लकडाउन गरेको छ । त्यस्तै चैत १० देखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको छ । नेपालमा जारी लकडाउनको अवस्थामा अहिले कुनै पनि विदेशी नागरिक क्वारेन्टाइनमा नरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा रहेका विदेशी क्वारेन्टाइनमा नभई लकडाउनमा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले बताए ।

‘नेपालमा कुनै पनि विदेशी नागरिक क्वारेन्टाइनमा छैनन् । उनीहरु लकडाउनमा छन् । नेपालमा रहेका विदेशीलाई शुरुमा क्वारेन्टाइनमा राखिएको भए पनि १४ दिनको अवधि पूरा गरेपछि अहिले लकडाउनमा मात्रै रहेका हुन्,’ उनले भने । नेपालमा रहेका विदेशीलाई शुरुमा ठमेल, नयाँ बानेश्वर र सिनामङ्गलका होटलमा क्वारेन्टाइनमा राखिएको थियो । अहिले लकडाउनको एक महिनाको अवधि बितिसकेको छ । यो बीचमा कुनै पनि विदेशी नआएकाले क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था नरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : २६ बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क