स्वास्थ्य सामाग्री खरिदका कागजात पेश गर्न स्वास्थ्य मन्त्रालयलाई लेखा समितिको निर्देशन | Khabarhub Khabarhub

स्वास्थ्य सामाग्री खरिदका कागजात पेश गर्न स्वास्थ्य मन्त्रालयलाई लेखा समितिको निर्देशन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले आज मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्रियामा संलग्न सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सचिव डाक्टर रोजनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा विना प्रतिस्पर्धा ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध भएको जानकारी पाएको भन्दै खरिद प्रक्रियाका विषयमा चासो देखाएको हो ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया नै रद्ध गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ३८ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो