सांसद यादवलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेता « Khabarhub

सांसद यादवलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेता


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर पुगेका हुन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ ।

पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनले नै बोलाएर काठमाडौं ल्याउन गएको दाबी गर्दै आएका छन् ।

समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको आरोप समाजवादीले लगाएको छ । उनी बिहीबार बिहान होटलबाट भाग्न सफल भएको दाबी गरिँदै आएको छ ।

तर केहीले भने रातिनै राजपा र समाजवादीबीच एकता भएपछि उनले अपहरणको नाटक गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ४९ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक