५ वर्ष कैद सजाय मागदाबी गर्दै पूर्व सचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता « Khabarhub

५ वर्ष कैद सजाय मागदाबी गर्दै पूर्व सचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायविरुद्ध विद्युतीय कारोबार (साइबर क्राइम)अन्तर्गत मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व सचिव उपाध्यायविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता गरेको हो ।

पूर्वसचिव उपाध्यायविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ ।

ऐनको दफा ४७ को उदफा (१) मा ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्न’ नपाइने उल्लेख छ ।

यस्तो कार्य गर्ने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै जसाय हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य समग्री खरिद लगायतका विषयमा सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमाथि विभिन्न आरोप लगाएको भन्दै उपाध्यायलाई पक्राउ गरिएको थियो ।

प्रहरीको केन्द्रीय अपराध ब्यूरोले वैशाख १० गते साँझ पक्राउ गरी उपाध्यायमाथि अनुसन्धान शुरु गरेको थियो । काठमाडौं जिल्ला अदालतले उपाध्यायमाथि अनुसन्धानका लागि ३ दिनको म्याद दिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : २९ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन