नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ « Khabarhub

नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्रआएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको छ र सञ्चालन गरिरहनुभएको छ ? यदि छ भने तपाईँलाई जुनसुकैबेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी)ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपालीनागरिकको निगरानीका लागि समेत कल सेन्टर सञ्चालनमा ल्याएको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागिलकडाउन गरिरहेको छ । विशेषगरी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जोकोहीलाई पनि फोन सम्पर्क गरी उनीहरुको विवरण लिइराखिएको छ ।

कोरोना भाइरसको सक्रमण भए÷नभएको पत्ता लगाउनसमेत कल सेन्टरबाट फोन गरेर आवश्यक जानकारी लिन थालिएको नेपालीसेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सम्भावित बिरामीको पहिचान गर्न तथा उनीहरुको अवस्था पत्ता लगाउनका लागिगत चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरी काम भइरहेको छ । सिसीएमसीमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँसिमकार्डको विवरण लिइएको छ । त्यसका लागि विशेष प्रकारको सर्भरसमेत छाउनीमा स्थापना गरिएको छ । लकडाउनअघि र पछिगरेर नेपाल टेलिकमका नयाँ २० हजार सिम सञ्चालनमा आएको पाइएको छ । यस्तै एनसेलका मात्रै कूल ४२ हजार नयाँ सिमसञ्चालनमा आएको छ ।

प्रवक्ता पाण्डेका अनुसार कल सेन्टरमा हरेक दिन बिहानदेखि साँझसम्म नै नेपाली सेनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरुलेदैनिक औषतमा दुई हजार फोन गर्ने गरेका छन् । कार्य समय मिलाएर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रवक्ता पाण्डेले दुईभिन्न स्थानबाट १०–१० का दरमा परिचालित २० जनाले कल सेन्टरबाट फोन गर्ने गरेको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : २३ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक