हिमानी ट्रष्टद्वारा स्वास्थ्यकर्मी, प्रहरी लगायतलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग « Khabarhub

हिमानी ट्रष्टद्वारा स्वास्थ्यकर्मी, प्रहरी लगायतलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पीपीई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ ।

आइतबार हिमानी कोषले काठमाडौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको हो । हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरिन् ।

साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ ।

राहत वितरणकालागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा काठमाडौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भूमिका अतुलनीय भएको उल्लेख गरिन् ।

कार्यक्रममा हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : ५४ बजे

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक