कोरोना भाइरसको संक्रमण रोक्न नेपाल-भारत मैत्री संस्थाहरुद्वारा स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल-भारत मैत्री संस्थाहरुद्वारा स्वास्थ्य सामग्री सहयोग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सक्रिय नेपाल-भारत मैत्री संस्थाहरुले कोरोना भाइरसको जोखिम रोक्न विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छन् ।

नेपाल-भारत मैत्री संस्थाहरुले नेपालमा कोरोना संक्रमणविरुद्धको सहकार्यका लागि सरकार तथा स्थानीय अस्पतालहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताएका छन् ।

नेपाल भारत मानव विकास र मैत्री संघले ५ अप्रिल २०२० मा सिंहदरबारमा एक समारोहमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट हस्तान्तरण गरेको जनाएको छ ।

पीपीईहरू शहरी विकास राज्यमन्त्री श्री रामबीर मानन्धर र संघका अध्यक्ष श्री सूर्य भुसालले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकाललाई स्वास्थ्य जनसंख्या मन्त्रालयका पदाधिकारीहरु र मिडियाका व्यक्तिहरूको उपस्थितिमा हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी निफाका अध्यक्ष राजकुमार सिंधीले नेपाल एसबीआई, एभरेष्ट बैंक, एनआईसी नेपाल, एशियन पेन्ट्स र बर्जर पेंट्सका प्रतिनिधिहरूसँगको सहकार्यमा गत ८ अप्रिलमा बागमती प्रदेशको हेटौंडा अस्पतालका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।

उनले अस्पतालका लागि १० थान आईसीयू बेडहरू सामानको, २०० पीपीई किट्स, २ थान अक्सीजलगायतका सामग्री प्रदान गरिएको बताए ।

कोरोनाविरुद्धको सहकायर्यका लागि नेपाल भारत मानव विकास र मैत्री संघले ९ अप्रिलमा खानेपानी मन्त्री बीना मगरलाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) किट हस्तान्तरण गरेको समेत जानकारी दिएको छ । यस संस्थाले सुदुरपश्चिम प्रदेश सरकारलाई कोरोना बिरूद्धको लडाईमा सहयोगका लागि उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी नेपाल भारत मैत्री संघ (निफा), हिन्दू स्वयंसेवक संघ (एचएसएस) र नेपाल एसबीआईका प्रतिनिधिहरूले १० अप्रिल २०२० मा बुटवलमा प्रदेश पाँच सरकारलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

जसअन्तर्गत २०० पीपीई किट्स, ५,००० मास्क, ५,००० पन्जा लगायतका स्वास्थ्य सामग्री प्रदेश ५ का सामाजिक विकास सुदर्शन बराल, प्रदेश ५ का सामाजिक विकास संसदीय समितिका अध्यक्ष दीर्घ नारायण पाण्डेय र सामाजिक विकास मन्त्रालयका अन्य अधिकारीहरुको उपस्थितिमा सहयोग प्रदान गरिएको जनाएको छ ।

नेपाल भारत महिला मैत्री संघका अध्यक्ष चन्दा चौधरीले १२ अप्रिल २०२० मा जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पीपीई किट्स, मास्क, पन्जा, स्यानटिसर र कीटाणुशोधन टङ्की लगायतका उपकरणहरू हस्तान्तरण गरेको जनाइन् ।

यस अघि संस्थाले महोत्तरी, सर्लाही र रौतहट जिल्लाहरूमा पनि स्थानीय अस्पतालहरूलाई स्वास्थ्य सामग्री दान गरेको उनले बताइन् । कूल २०० पीपीई, ५,००० मास्क, ५,००० पन्जा, १०० लिटर सनिटाइसर र २० कीटाणुशोधन टङ्कीहरू संस्थाले प्रदेश २ भरमा वितरण गरेको उनले जानकारी दिइन् ।

उक्त सामग्री भारतीय महिला संघले नेपाल-भारत महिला मैत्री संघलाई चिकित्सा आपूर्ति खरीदका लागि सहयोग प्रदान थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : १० बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म