लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय | Khabarhub Khabarhub

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । उनी करिब २ हप्ताको अस्पताल बसाइ पछि कोरोना मुक्त भएर घर फर्किएका थिए । पहिलो संक्रमितसहित नेपालमा हालसम्म १६ जना घर फर्किसकेका छन् भने ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १, वीरगन्जको नारायणी अस्पतालमा ३, चितवनको भरतपुर कोरोना अस्पतालमा १, विराटनगरको कोशी अस्पतालमा ३० जनाको उपचार भइरहेको छ । यस्तै, आइतबार साँझ मात्रै कोरोना संक्रमणको पुष्टि भएका झापाका ५० वर्षीय पुरुषलाई पनि विराटनगरस्थित कोशी अस्पताल ल्याउन लागिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १५ बजे

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि