लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय « Khabarhub

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । उनी करिब २ हप्ताको अस्पताल बसाइ पछि कोरोना मुक्त भएर घर फर्किएका थिए । पहिलो संक्रमितसहित नेपालमा हालसम्म १६ जना घर फर्किसकेका छन् भने ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १, वीरगन्जको नारायणी अस्पतालमा ३, चितवनको भरतपुर कोरोना अस्पतालमा १, विराटनगरको कोशी अस्पतालमा ३० जनाको उपचार भइरहेको छ । यस्तै, आइतबार साँझ मात्रै कोरोना संक्रमणको पुष्टि भएका झापाका ५० वर्षीय पुरुषलाई पनि विराटनगरस्थित कोशी अस्पताल ल्याउन लागिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १५ बजे

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म