लकडाउनको नियममा बस्न र सडकमा नथुक्न मोदीको आह्वान « Khabarhub

लकडाउनको नियममा बस्न र सडकमा नथुक्न मोदीको आह्वान


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै लकडाउनको नियममा बस्न आह्वान गरेका छन् ।

आइतवार रेडिओबाट गरिएको सम्बोधनमा मोदीले सम्बोधनमा मोदीले सामाजिक दूरी पालना गर्न र सार्वजनिक स्थलमा थुक्ने बानी रोक्न आह्वान गरे।

“हाम्रो शहरमा, हाम्रो गाउँमा, हाम्रो सडकमा, हाम्रो कार्यालयमा कोरोनाभाइरस आइपुगेको छैन र त्यसैले अब आउँदैन भन्ने विश्वास लिएर अतिआत्मविश्वासी नहुन आह्वान गर्छु,” उनले भने।

शनिवार भारतका साना पसलहरूलाई सामाजिक दूरी कायम राखेर र आधा मात्रै कर्मचारीलाई मास्क लगाएर काममा राखी पसल खोल्न अनुमति दिइएको छ ।

भारतमा २४ घण्टामा २,००० नयाँ कोरोनाभाइरस सङ्क्रमण भएर कुल सङ्क्रमण सङ्ख्या २६,००० पुगेपछि मोदीको सो भनाइ आएको हो।

भारतमा हालसम्म ८०० भन्दा बढीले कोभिड-१९ का कारण जीवन गुमाइसकेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ३८ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ