कोरोना संक्रमणका कारण रोकिएका नेपाली कामदार दक्षिण कोरिया पठाइने « Khabarhub

कोरोना संक्रमणका कारण रोकिएका नेपाली कामदार दक्षिण कोरिया पठाइने


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएपछि रोजगारीका लागि दक्षिण कोरीया जानबाट रोकिएका नेपाली कामदारलाई अब भने पठाउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

सरकार प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले दुई देशको आपसी सहमतिमा नेपाली कामदार दक्षिण कोरिया पठाउने निर्णय भएको जानकारी दिए ।

“अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गतेसम्मका लागि बढाइएको छ,” उनले भने, “त्यस्तै इपीएसअन्तर्गत दक्षिण कोरियामा श्रमिकका रुपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।”

सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : ३४ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला