काठमाडौं- महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेपछि डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।
उनले देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम/उपप्रम/मन्त्री( ८ जना ),वहालवाला सांसद ( ६ जना ),एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो ? भन्ने प्रश्न गरेका छन् । यस घटनाले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खन्यो है ! भनेर समेत सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेको थिएन।
परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएका छन् ।
प्रतिक्रिया