मलेरियाको औषधि कोरोनाका बिरामीमा परीक्षण गर्न डब्लुएचओद्वारा रोक « Khabarhub

मलेरियाको औषधि कोरोनाका बिरामीमा परीक्षण गर्न डब्लुएचओद्वारा रोक


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा रोक लगाएको छ।

डब्लुएचओका निर्देशक डा. टेड्रोस एडहनम गिब्रियेसुसले उक्त औषधिको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताएका छन्। साथै यस औषधिको विश्वभर भइरहेको प्रयोगको बारेमा पनि व्यापक विश्लेषण गर्ने उनले बताएका छन्।

सामान्यतया हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको प्रयोग मलेरिया तथा लुपस जस्ता अटोइम्युन बिरामीका लागि प्रयोग गरिन्छ। यी औषधि कोरोनाका बिरामीलाई दिइन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।

गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो।

बरू यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो ।डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको निर्णय ‘कुनै समस्यासँग जोडिएर नभएको’ बताए।

उनले भने: “विश्वभरि भइरहेका सोलिडारिटी ट्रायलमा कुनै समस्याका संकेत पनि छैनन्। तैपनि हालैको एक अध्ययनलाई आधार मानेर हामीले सावधानी अपनाएका हौँ।”

हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोभिड-१९ का लागि प्रयोग गर्न सुझाएका छैनन्।

यो एक सस्तो, प्रचलित र सजिलै उत्पादन गर्न सकिने औषधि हो। औलोका बिरामीलाई यसले ज्वरो तथा सुजन कम पार्न सहयोग गर्छ। औलो रोगका बिरामीले यो अझै प्रयोग गर्न सक्छन्।

ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोनाभाइरसका बिरामीलाई समेटेको थियो। जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो। कसैलाई उक्त औषधिसँगै एन्टीबायोटिक समेत दिएर परीक्षण गरिएको थियो।

त्यसरी परीक्षण गरिएका समूहमा मत्युदर हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिएकामा १८ प्रतिशत, क्लोरोक्वीनमा १६.४ प्रतिशत र नियन्त्रित समूहमा ९ प्रतिशत पाइएको थियो। हाइड्रोक्सीक्लोरोक्वीन वा क्लोरोक्वीनलाई एन्टीबायोटिक सहित परीक्षण गरिएकाको मृत्युदर अझ बढी पाइएको थियो। स्रोत- बीबीसी

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : ३३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय