जुन १ बाट विदेशी पर्यटकले क्वारेन्टाइनमा बस्न नपर्ने स्पेनको घोषणा « Khabarhub

जुन १ बाट विदेशी पर्यटकले क्वारेन्टाइनमा बस्न नपर्ने स्पेनको घोषणा


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनले जुन १ देखि विदेशी पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्पेन सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि मिति नतोकिकन जुनदेखि क्वारेन्टाइन बस्नुपर्ने अवस्था हटाइने बताएका स्पेनका परराष्ट्रमन्त्री अरन्चा गोन्जालेज लायाले अब कोही पनि विदेशी पर्यटकले स्पेन भ्रमण गर्दा १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने जानकारी दिएका छन् ।

बेलायत सरकारले १४ जुनदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने नीति अवलम्बन गर्नै लाग्दा स्पेनले भने अर्थतन्त्र चलायमान बनाउन विदेशी पर्यटकका लागि अब क्वारेन्टाइनमा बस्न नपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

पर्यटन क्षेत्रले जीडीपीको १२ प्रतिशतसम्म हिस्सा ओगट्ने स्पेनमा वार्षिक ८० करोडभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्दै आएका छन् ।

गर्मीको मौसम समाप्त हुनुअघि बिदामा रहेका मानिसहरूलाई लक्षित गरी पर्यटक केन्द्रित उक्त निर्णय गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ६ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली